काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से स्थिर प्रायः रहँदा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन २ अर्ब ५ करोडको धितोपत्र कारोबार भएकोमा आज २ अर्ब ५३ करोडको कारोबार भयो ।
नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर कारोबार उच्च रहेकाले कारोबार रकम बढेको देखिएको हो । सो कम्पनीको ६३ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भयो।
नेप्से परिसूचक भने जम्मा ०.१५ अंक बढेर १९६९.१७ अंकमा रह्यो । कुल ११३ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने १५ को स्थिर रह्यो ।