काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले चैत १० गते प्रधानमन्त्रीको सपथ ग्रहण गर्ने तयारी भएको छ ।
चैत १० गते नै प्रधानमन्त्रीका रूपमा शाहले पद तथा गोपनीयताको सपथ लिने आन्तरिक तयारी भएको हो ।
शाहको सपथग्रहण लगत्तै मन्त्रीहरूको सपथ ग्रहण हुने छ । राष्ट्रिय स्वतन्त्र पार्टीले चैत ८ देखि ९ गतेभित्र सबै निर्णय गरिसक्ने र १० गते शाहको सपथ ग्रहण गराउने तयारी गरेको छ ।