कोशी प्रदेशसभा सचिवमा सुदर्शन खड्का नियुक्त

न्युजलय २७ कार्तिक २०८२, बुधबार ०९:४२ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेशसभाको सचिवमा सुदर्शन खड्कालाई नियुक्त गरेका छन् ।

कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले आज गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख खापुङ्गले बागमती प्रदेश चाँगुनारायण नगरपालिका–४ निवासी खड्कालाई आजका मितिदेखि लागू हुने सो पदमा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आज आयोजित एक समारोहमा उनले खड्कालाई नियुक्तिपत्र प्रदान गरेको कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।