२०७८ साल माघ ६ गते बिहिबार

इटहरीबाट ३ किलो यार्सागुम्बा खोटाङका गुरुङ पक्राउ

न्युजलय २५ असोज २०७८, सोमबार ०१:३२ मा प्रकाशित


इटहरी । इटहरीबाट तीन किलो यार्सागुम्बासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङ रावाबेशी गाउँपालिका–४ बस्ने २७ वर्षीय समिर गुरुङ लगायत दुईजना रहेका छन् ।

उनीहरुलाई ईटहरी उपमहानगरपालिका–६ स्थित जय नेपाल होटलबाट यार्सागुम्बासहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय तरहरामा बुझाइएको छ ।