काठमाडौँ । बिहीबार(आज) सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार तीन सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य पनि तोलामा सात सय रुपैयाँले बढेर ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर एकहजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ।