१२.५७ अंकले बढ्यो नेप्से

न्युजलय २ असार २०७९, बिहिबार १०:१३ मा प्रकाशित

काठमाडौं । सेयर बजार बिहिबार (आज) १२.५७ अंकले उकालो लागेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले बढेर १९७८.९४ विन्दुमा पुगेको छ। 

सेन्सिटिभ सूचक पनि २.९३ अंकले बढेको छ। आज २२१ कम्पनीको सेयर किनबेच भएको छ। २५ हजार ५ सय ८५ पटकको खरिदबिक्रीमा १ अर्ब १८ करोडको कारोबार भएको हो। 

दिनभरिमा ३५ लाख ९४ हजार कित्ता बिक्री भएको नेप्सेले जनाएको छ। आज लगानी समूहबाहेक बाँकी उपसूचक हरियो छन्। 

आजको कारोबारमा १३७ कम्पनीको सेयर बढेको छ। त्यस्तै ४५ कम्पनीको घट्दा १२ वटाको उही मूल्य कायम छ।