काठमाडौं । २८ दिनदेखि सडक आन्दोलनरत शिक्षकले सरकारसँग आज सहमति नभए सामूहिक गिरफ्तारी दिने भएका छन् ।
नेपाल शिक्षक महासंघका महासचिव ज्ञानेन्द्र रावलले सहमति हुने सम्भावना बलियो रहेको बताए ।
सोमबार मध्यरातसम्म शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षकबीच वार्ता भएको थियो । मन्त्रालयले पनि आज सहमति हुनेमा आशावादी रहेको जनाएको छ ।