३ पौष २०७८ शनिवारको राशिफल

न्युजलय ३ पुस २०७८, शनिवार १२:२५ मा प्रकाशित

मेष । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । राजनैतिक क्षेत्रमा पनि सफलता मिल्नेछ ।

बृष । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । पारिवारिक सुख समेत मिल्नेछ ।

मिथुन । मनमा सङ्का उत्पन्न हुनेछ । पारिवारिक उल्झनमा परि काम बिग्रिएला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा खर्च पनि बढ्नेछ ।

कर्कट । आज घरमा अतिथिको आगमन हुनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । घरजग्गाको कारोबारमा सफलता पनि मिल्नेछ ।

सिंह । नयाँ काम वा रोजगार पाइनेछ । जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

कन्या । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । लाभदायक यात्राको योग छ ।

तुला । अनावश्यक ठाउँमा धन खर्च होला । स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुनेछ । मनमा चञ्चलता समेत बढ्नेछ, तर आफन्तले सहयोग गर्नेछन् ।

बृश्चिक । विद्या र बुद्धिको विकास हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा रूचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ ।

धनु । आज महिला मित्रबाट विशेष सहयोग मिल्नेछ । बन्धु बान्धवबाट सहयोग पाइनेछ । वैदेशिक र न्यायिक कार्यमा सफलता पनि मिल्नेछ ।

मकर । आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । वैदेशिक कार्यहरूमा सफलता मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ ।

कुम्भ । आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शत्रु पराजित पनि हुनेछन् ।

मीन । आज कार्यक्षेत्रमा प्रगति हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । आफन्तको सहयोग पनि मिल्नेछ ।