नागरिक लगानी कोषले ३१.५७ प्रतिशत लाभांश दिने

न्युजलय १२ असार २०७९, आइतबार ०२:२६ मा प्रकाशित

काठमाडौ । नागरिक लगानी कोषले लगानीकर्तालाई ३१।५७ प्रतिशत लाभांश दिने भएको छ ।

कोषले आर्थिक वर्ष २०७७/७८ मुनाफाबाट उक्त लाभांश दिन लागेको हो । कोषको शनिबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ३० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव अर्थमन्त्रालयले स्वीकृत गरी कोषको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।