कञ्चनजङ्घा क्षेत्र भ्रमण गर्ने पर्यटक बढे

न्युजलय १४ मङ्सिर २०८१, शुक्रबार ११:०३ मा प्रकाशित

काठमाडौँ । कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ । 

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका अनुसार कञ्चनजङ्घा आधार शिविरको भ्रमण गर्ने विदेशी पर्यटक बढेका हुन् ।

चालु आर्थिक वर्षको चार महिनामा एक हजार ८५ विदेशी पर्यटकले कञ्चनजङ्घा हिमाल अवलोकन गरेका छन् । २०५७ साल यता यहाँ यति धेरै पर्यटक आएका थिएनन् । 

विशेषगरी फ्रान्स, अष्ट्रेलिया, जर्मनी र अमेरिकाबाट पर्यटक आउने गरेका छन् । चाडपर्वका बेला आन्तरिक पर्यटकले कञ्चनजङ्घा क्षेत्रका होटल र लज भरिएका स्थानीय होटल व्यवसायीले बताएका छन् । यो वर्ष होटलका आम्दानीमा समेत ३० प्रतिशतभन्दा बढी वृद्धि भएको बताइएको छ ।