काठमाडौं । पछिल्लो २४ घन्टामा ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३७६ नमूना परीक्षणमध्ये ५७४ पीसीआर र १३४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ३३७ पुगेको छ । मन्त्रालयका अनुसार थप ९ सय ३२ जना संक्रमणमुक्त भएका छन् ।