गैँडाको आक्रमणबाट महिलाको मृत्यु

न्युजलय २९ भदौ २०८०, शुक्रबार १२:५१ मा प्रकाशित

  बर्दिया । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । 

शुक्रबार(आज) बिहान गैँडाले आक्रमण गर्दा निकुञ्जअन्तर्गत पर्ने बेलडाँडी गाउँपालिका–२ को गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको ज्यान गएको हो । 

च्याउ टिप्न गएकी बेलमतीलाई गैँडाले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ । 

मृतक बुढासँगै गएका अन्य दुई जना महिलाले भने रुख चढेर ज्यान जोगाएका छन् । आज बिहान गस्तीका क्रममा नेपाली सेनाले महिलाको शव फेला पारेको हो ।

सेनाले सँगै च्याउ टिप्न गएका दुई जनालाई रुखमा उक्लिएको अवस्थामा फेला पारेको थियो।