बढ्यो सुनचाँदीको मूल्य

न्युजलय २२ साउन २०८३, शुक्रबार ११:४६ मा प्रकाशित

काठमाडौँ । आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको छ । 

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार रुपैयाँ थियो । 

यसैगरी, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ५८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५७० रुपैयाँमा कारोबार भएको थियो ।