लेटाङ । लेटाङमा प्रस्ताब, माईन्युट लेखन, तथा उद्घोषण तालिम सुरु भएको छ ।
गूडलक एजुकेशन तथा ट्रेनिङ सेन्टर ईटहरिको आयोजना तथा लेटाङ नगरपालिकाको सहयोगमा लेटाङ नगरपालिकाका ९ वटै वडा बाट प्रतिनिधित्व गर्ने गरि ५० जना सहभागीतामा तालिम सुरु भएको हो ।
तीन दिनसम्म सञ्चालन हुने तालिममा लेटाङ नगरपालिका शिक्षा शाखा प्रमुख कृष्णराज राई, योजना शाखा प्रमुख भूपेन्द्र खनाल, लेखा शाखा प्रमुख सुशील वास्तोला तथा सप्तकोशी एफएमका सम्पादक लिलाराज भट्टराईले सहजिकरण गर्ने छन् ।
तालिममा प्रस्ताव लेखन, माइन्यूट लेखन, प्रतिवदेन लेखन, उद्घोषण र बजेट कार्यान्वयन तथा भुक्तानी लगायतको विषयमा प्रशिक्षण दिइने गुडलक एजुकेशनका रेवती निरौलाले जानकारी दिए ।