काठमाडौं । सुन तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार(आज) तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजाबी सुन तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।
बिहीबार तोलामा १३ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।