बीबीसी । भारतको हरियाणास्थित पंचकुलामा एउटा कारभित्र सात जना मृत फेला परेका छन्।
पंचकुलाका डीसीपी हिमाद्री कौशिकले मृतक सबै एकै परिवारका भएको र उनीहरूको पहिचान भइसकेको बीबीसी हिन्दीलाई बताएकी छन ।
समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरू देहरादूनका एकै परिवारका सदस्य थिए।
उनले सरसर्ती हेर्दा यो आत्महत्याको घटना देखिएको र फोरेन्सिक प्रमाणहरू सङ्कलन भैरहेको बताए। । घटनाको गहन अनुसन्धान गरिनेछ उनले बताइन्।