एजेन्सी । लियोनेल मेसीले आठौं पटक बालोन डि’ओर अवार्ड हात पारेका छन् ।
अर्जेन्टिनालाई विश्वकप जिताएका कप्तान तथा इन्टर मियामी फर्वाड ३६ वर्षीय मेसीले सिटी फर्वाड अर्लिङ हालान्ड र पिएसजी स्टार केलिएन एम्बाप्पेलाई पछि पार्दै अवार्ड हात पारेका हुन् ।
अवार्ड पाएपछि उनले अवार्डको जस भने आफ्नो टिमलाई दिएका छन् ।
महिलातर्फको उपाधि भने स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर एइटाना बोनमाटीले जितेकी थिइन। उनले पहिलो पटक बालोन डी’ ओर जितेकी छिन् ।
२५ वर्षीय बोनमाटीले बार्सिलोनालाई च्याम्पियन्स लिग तथा लालिगा च्याम्पियन बनाउँदा स्पेनलाई विश्वकप दिलाउन महत्वपूर्ण भुमिका निभाएकी थिइन् । उनी यसअघि गत अगस्टमा युइएफए प्लेयर अफ द इयरबाट समेत सम्मानीति भएकी थिइन् ।
इंग्ल्यान्डका रियल म्याड्रिड स्टार जज बेलिङघमले भने कोपा ट्रफि जितेका छन् । उनी विश्वको उत्कृष्ट खेलाडीका रुपमा यो अवार्ड हात पार्न सफल भए ।