२०७८ साल माघ ६ गते बिहिबार

इटहरीमा १३ सहित प्रदेश १ मा ११० जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

न्युजलय २४ असोज २०७८, अाईतबार ०५:११ मा प्रकाशित

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय १० जनामा कोरोना संक्रमण भएको छ । 

५ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा १०३ र ९७ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १५, झापामा ४७, मोरङमा ३२, धनकुटा र तेहृथुममा २–२, इलाममा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

इटहरीमा १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज २११ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।