बढ्यो सुनको मूल्य

न्युजलय २१ साउन २०८३, बिहिबार ११:३६ मा प्रकाशित

काठमाडौँ । आज सुनको मूल्य ८ हजारले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ९६ हजार कायम भएको छ । अघिल्लो कारोबार दिन प्रतितोला २ लाख ८८ हजार थियो । 

यसैगरी, चाँदीको मूल्य प्रतितोला ९५ ले बढेर आज ४ हजार ५७० मा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४७५ मा कारोबार भएको थियो ।