काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै, आज कोरोना संक्रमणबाट एक जनाको मृत्यु समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि मंगलबार पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो । त्यसअघि भने २३ पुसमा मात्र कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ ।