काठमाडौं । अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । सोमवार राति गोकर्णेश्वर नगरपालिका–८ स्थित आफ्नै घरअगाडि उनीमाथि रड प्रहार भएको हो ।
आक्रमणबाट सख्त घाइते भएका गौतमको टाउकोमा चोट लागेको छ । उनको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गौतमको स्वास्थ्यस्थिति मध्यम छ । प्रहरी वृत्त बौद्ध र परिसरको संयुक्त टोलीले गौतममाथि आक्रमण गर्नेको खोजी गरिरहेको जनाएको छ ।