एजेन्सी । बालबालिकालाई अनिवार्य रुपमा कोभिड १९ विरुद्धको खोप लगाउने देश कोस्टारिका बनेको छ । बालबालिकालाई नियमित दिइने खोपको सूचीमा कोभिड १९ विरुद्धको खोप पनि राखिएको छ ।
सन् २०२२ को मार्चबाट १२ वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाउन आवश्यक खोपको व्यवस्था गर्न कोस्टारिकाले खोप निर्माता फाइजरसँग सम्झौता नै गरेको छ ।
गत साता अमेरिकाको स्वास्थ्य सम्बन्धी नियामक निकायले ५ वर्षदेखि ११ वर्षका बालबालिकालाई कोभिड विरुद्ध फाइजर खोप दिन अनुमति दिइसकेको छ ।
कोस्टारिकाले फाइजरसँग ३५ लाख मात्रा खोप लिने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको छ । त्यस मध्ये १५ लाख डोज ५ देखि ११ वर्षका बालबालिकाका लागि छुट्याइनेछ ।