काठमाडौँ । नेपाली पुरुष भलिबल टिम एसियाली खेलकुद प्रतियोगिताबाट बाहिरिएको छ ।
एशियाली खेलकुदमा लगातार दोस्रो खेलमा पराजित हुँदै नेपाल एशियाली खेलकुदबाट बाहिरिएको हो ।
समूह बी मा रहेको नेपाल इरानसँग २५–९, २५–१५ र २५–१३ को सोझो सेटमा पराजित भएको हो । इरान पछिल्ला दुई एसियाली खेलकुदमा पुरुष भलिबलमा स्वर्ण पदक जितेको टिम हो ।
नेपाल यसअघि बहराइनसँग पराजित भएको थियो । प्रतियोगितामा सहभागी कुल टिमलाई छ समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहबाट दुई टिमले अघिल्लो चरणमा प्रवेश पाउने छन् ।