सुनचाँदीको मूल्य घट्यो

न्युजलय ३ असार २०८३, बुधबार ११:१६ मा प्रकाशित

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १२ सय रुपैयाँ घटेको हो । 

यससँगै छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । यससँगै चाँदी प्रतितोला चार हजार ९८० रुपैयाँ कायम भएको छ ।