महिला टी–२० विश्वकप क्रिकेट छनोटः नेपाल हङकङसँग पराजित

न्युजलय ६ मङ्सिर २०७८, सोमबार ०८:५३ मा प्रकाशित

काठमाडौं । महिला टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया छनोटको पहिलो खेलमा हङकङसँग नेपाल पराजित भएको छ । 

दुबईको आइसीसी क्रिकेट एकेडमीमा सोमबार(आज) भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १०४ रनमात्र बनाएको थियो ।

हङकङले दुई ओभर बाँकी छँदै ६ विकेटको जित निकालेको हो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ४० रन बनाएकी थिइन् । त्यस अतिरिक्त इन्दु बर्माले ३१ रन बनाइन् । 

१०५ रनको लक्ष्य पछ्याउने क्रममा हङकङका मारिको हिलले अविजित ४३, करी चानले १७, नताशाले १६ रन बनाए ।