शेयर बजार १४ अंकले घट्यो

न्युजलय २७ जेठ २०७९, शुक्रबार ०९:२५ मा प्रकाशित

काठमाण्डौ । शुक्रवार(आज) शेयर बजार १४.६४ प्रतिशतले घटेको छ ।  आज २ वटा कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

सर्किट लागेकासहित ३ वटा कम्पनीका लगानीकर्ताले भने १० प्रतिशतले कमाएका छन् । आज २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ । 

आज बजार घटेर २०४८.१६ विन्दूमा आउँदा ग्रीन भेञ्चर लिमिटेड र उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको छ । अर्को एक कम्पनी बलेफी हाइड्रोपावर कम्पनीको शेयर मूल्य पनि ९.९८ प्रतिशतले बढेको छ । 

आज २२९ कम्पनीको ३० हजार कित्ता शेयरको १८ हजार पटक कारोवार भएको छ । यसबाट ८९ करोड रुपैयाँको मात्रै कारोबार भएको छ ।