काठमाडौं । अभिनेता फरहान अख्तर र अभिनेत्री शिवानी डन्डेकरले बिहे गरेका छन्। बलिउड लाइफका अनुसार शनिबार उनीहरूले बिहे गरेका हुन्।
उनीहरूको बिहे भारत, खन्डालामा रहेको अख्तर परिवारको फार्म हाउसमा भएको हो। फरहान र शिवानी करिब चार वर्षदेखि प्रेम सम्बन्धमा थिए।
फरहान शिवानीको बिहेमा ऋतिक रोशन, अमृता अरोरा, अनुषा डन्डेकर, रिया चक्रवर्ती लगायत कलाकारको उपस्थिति थियो।
शिवानी अभिनयबाहेक गायन, मोडलिङ र उद्घोषणमा सक्रिय छन्। फरहानले सन् २०१६ मा सेलेब्रेटी हेयरस्टाइलिस्ट अधुना भवानीसँगको १६ वर्षे लामो वैवाहिक सम्बन्ध टुंग्याएका थिए। उनीहरूका दुई छोरी छन्।