विशाल भण्डारीले प्रश्न सोध्दा बालेन फायर, फेसबुकमै सवालजवाफ

न्युजलय ७ माघ २०७९, शनिवार ०३:०८ मा प्रकाशित

काठमाडौं । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबिच फेसबुकमा जुहारी परेको छ । शाहलाई मेन्सन गर्दै उनले भत्काउने भन्दा पनि अब बनाउनेतर्फ ध्यान दिन आग्रह गरेका थिए ।

आशा गरिएका मेयर साहमाथि भत्काएको बाहेक बनाएको केही देखिएन भन्ने गुनासो गर्ने बढेको भन्दै मेयर साहलाई सुझाव दिएका थिए । तर शाहलाई उनको सुझाव चित्त बुझेन । आफनै व्यक्तिगत अकाउन्टबाट मेयर साहले ‘तिम्रो सो पैसाको भोटले चल्छ, तिमी पैसा कमाउन आएको हौं। तिम्रो अस्तित्व पैसा बाहेक केही छैन । तिमीलाई पैसा बाहेक केही कमाउनु छैन । तिमीजस्तो विकाउ मान्छेलाई जवाफ दिनु जरुरी छैन ।’ भनेर शाहले जवाफ दिएका छन् ।

उनको यो जवाफ पछि भण्डारीले प्रश्न सोध्न पाइँदैन भन्दै अर्को प्रश्न गरेका छन् । जवाफमा शाहले काम गरिरहेको मान्छेलाई राती दारु खाएर दुःख दिन पाइँदैन भन्दै जवाफ फर्काएका छन् ।