काठमाडौँ । सेयर बजार आज पनि घटेर बन्द भएको छ ।
आज नेप्से ९.६२ अकंले घटेर २६१०.७६ बिन्दुुमा कायम भएको छ । आज ३१९ कम्पनीको १ करोड ८४ लाख ३७ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ ।
यसदिन १० उपसूचक राताम्य भएका छन् भने तीन उपसूचकमा सुधार देखिएको छ । आज ८६ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको घटेको हो ।