नेप्से १०.६६ अंकले घट्यो

न्युजलय ३ पुस २०८२, बिहिबार ०९:२८ मा प्रकाशित

काठमाडौँ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

अघिल्ला तीन कारोबार दिन लगातार बढिरहेको नेप्से बिहीबार १०.६६ अंकले घटेको हो । बुधारको तुलनामा ०.४० प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय १५.०३ विन्दुमा ओर्लेको छ ।

सो दिन कारोबारमा आएकामध्ये ६३ कम्पनीको सेयर मूल्य बढ्यो, १९४ कम्पनीको मूल्य घट्यो भने २ कम्पनीको मूल्य स्थिर रह्यो । 

बिहीबार कुल ६४ हजार २९ पटकको सेयर कारोबारमा १ करोड १२ लाख ९१ हजार ४ सय १ कित्ता सेयर किनबेच भए ।