दुहबीमा सडक दुर्घटना हुँदा इटहरीका अभिषेकको मृत्यु

न्युजलय १८ कार्तिक २०७८, बिहिबार ०८:३६ मा प्रकाशित

इटहरी । दुहबीमा सडक दुर्घटना हुँदा इटहरीका एक युवकको मृत्यु भएको छ।

 

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार सुनसरीको दुहबी नगरपालिका ३ स्थित कोशी राजमार्गमा पानी हालेका कारण मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

 

दुहबीबाट इटहरी आउँदै गरेको बा ८४ प ४२९ नम्बको मोटरसाइकल सडकमा चिप्लिएर लड्दा सोही दिशाबाट आउदै गरेको ना ८ ख ५६५६ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक इटहरी बस्ने अन्दाजी ३० वर्षीय अभिषेक भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।


दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।


यस्तै, मोटरसाइकल पछाडि सवार झापा कमल गाउँपालिका ५ बस्ने २३ वर्षीय किरण खरेल घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रक र ट्रक चालक बारा जितपुर सिमरा १४ बस्ने वर्ष ४० को जमसेद मियाँलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ।