काठमाडौं । बिहीबार(आज) सेयर बजार ओरालो लागेको छ।
आज नेप्से परिसूचक १६.६० अंकले घटेर २,०२७.३२ बिन्दुमा पुगेको हो।
नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार रुपैयाँको कारोबार भएकोमा आज कारोबार रकम एक अर्ब ८० करोड ६२ लाख ४ हजार रुपैयाँ पुगेको छ।
आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये म्युचल फन्डबाहेक सबैको मूल्य घटेको छ। म्युचल फन्डको पनि जम्मा ०.६६ प्रतिशतले बढेको हो।
आज सबैभन्दा धेरै अन्यको १.४३ प्रतिशत, विकास बैंकको १.३१ प्रतिशत र होटल एन्ड टुरिजमको १.१६ प्रतिशतले घटेको हो।