काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले बुधबार मध्यरातिदेखि लागू हुनेगरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्य वृद्धि गरेको जनाएको छ।
नयाँ मूल्यसूची अनुसार डिजल र मट्टीतेलमा प्रतिलिटर ३० रुपियाँ र हवाई इन्धमा प्रतिलिटर पाँच रुपियाँले वृद्धि गरिएको छ । परिवर्तित मूल्यअनुसार, डिजल र मट्टीतेलको प्रतिलिटर दुईसय ३७ पुगेको छ । हवाई इन्धनको मूल्य प्रतिलिटर दुईसय ५६ रुपियाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ ।