काठमाडौ । झापाका जेनिश उप्रेती रियालिटी सो द भ्वाइस किड्सको विजेता बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा उनले पहिलो भ्वाइस किड्सको उपाधि जितेका हुन् ।
टीम प्रमोद खरेलका उनी सर्वाधिक भोट प्राप्त गरेको आधारमा विजेता बनेका हुन् । विजेतालाई नगद पुरस्कार, ट्रफी र विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरियो ।
अरु सेभेन फाइनलिस्टलाई पनि फाइनलिस्टको ट्रफी दिइयो ।