एमाले लेटाङ नगर कमिटिको अध्यक्षमा लुइँटेल

न्युजलय १४ कार्तिक २०७८, आइतबार ०४:१६ मा प्रकाशित

मोरङ । नेकपा एमाले लेटाङ नगर कमिटिको अध्यक्षमा कृष्णप्रसाद लुइँटेल निर्वाचित भएका छन्  । 

शनिबार भएको प्रथम नगर अधिवेशनले लुइँटेललाई नगर अध्यक्षमा चयन गरेको हो । अर्का उम्मेदवार खगेन्द्रराज भण्डारीले उम्मेदवारी फिर्ता लिंदै लुइँटेललाई समर्थन गरेपछि लुइँटेल सर्वसहमतिमा अध्यक्ष निर्वाचित भएका हुन्  । 

यसैगरि उपाध्यक्षमा बालकुमार श्रेष्ठ, सचिवमा जीतबहादुर लामा तथा उपसचिवमा पुनम मास्की मगर र खड्गबहादुर मगर चयन हुनु भएको छ । यसैगरि नगर कमिटी सदस्यमा ६६ जना चयन भएका छन् । 

निर्वाचित भएकाहरुलाई शनिबार मध्यराती सपथ समेत गराइएको छ । सर्बसम्मत चयनका लागि निक्कै लामो समय लागेका कारण मध्यरातमा सपथ ग्रहण गराइएको हो ।  जम्मा ७५ सदस्यीय नगर कमिटी रहनेमा ७१ जना अधिवेशनबाट निर्वाचित भएका छन ।