विराटनगर एयरपोर्ट डुबानमा

न्युजलय ३ कार्तिक २०७८, बुधबार ०५:०५ मा प्रकाशित

 विराटनगर । अविरल वर्षाले विराटनगर एयरपोर्ट डुबानमा परेको छ । वर्षाका कारण  केशलिया खोलामा आएको बाढी एयरपोर्टमा पसेपछि डुबानमा परेको हो ।

एयरपोर्टको धावनमार्गमा डेढफिटसम्म पानी जमेको छ भने टर्मिनल भवनभित्र पनि पानी जमेको छ । एयरपोर्ट डुबानका कारण काठमाडौंका लागि टिकट काटेर बसेका यात्रुहरू अलपत्र छन् ।

मंगलबार(हिजो) पनि अत्यधिक वर्षाका कारण जहाजहरू उड्न सकेका थिएनन् ।