वर्षाका कारण आन्तरिक उडान प्रभावित,यात्रुहरु अलपत्र

न्युजलय २ कार्तिक २०७८, मङ्गलबार ०८:०५ मा प्रकाशित

काठमाडौं । वर्षाका कारण आन्तरिक उडान प्रभावित भएका छन् ।

विमानस्थल कार्यालयको अनुसार मंगलबार (आज) बिहान तय भएका अधिकांश उडान पहाडी भेगमा बाक्लो हुस्सुका कारण रद्द भएका हुन् ।

तारा एयरको आज ६ उडान रद्द भएका छन् । डोल्पा, जोमसोङ, टक्सार, तुम्लिङटार लगायतको पुर्व निर्धारित उडानहरु पनि आज रद्द भएका छन् ।

उडान रद्द हुँदा सयौ यात्रुहरु एयरपोर्टमै अलपत्र परेका छन् ।