बालेनद्वारा संसद विघटनको माग

न्युजलय २४ भदौ २०८२, मङ्गलबार ०३:५८ मा प्रकाशित

काठमाडौं। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले संसद नै विघटनको माग गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएलगत्तै बालेनले अब संसद विघटन गर्नुपर्ने माग गरेका छन् ।

संसद विघटनपछि सेना प्रमुखसँग वार्ता गरेर नयाँ शिराबाट देशलाई अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।

बालेनले हत्यारोको राजीनामा आइसकेकाले संयमितत हुन प्रदर्शनकारीलाई अपिल गरेका छन् ।