काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएको छ ।
लामिछानेलाई जिल्ला अदालतले एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएकोमा न्यायाधीशहरू रमेश ढकाल र स्विकृती पराजुलीको इजलासले जिल्लाको आदेश बदर गरी थुनामा पठाउने आदेश गरेको हो ।
यो आदेशपछि रवि थुनामा पर्ने निश्चित भएको हो । उनले आत्मसमर्पण नगरे प्रहरीले पक्राउ गर्नेछ ।
प्रहरी प्रवक्ता दिनेश आचार्यले भने अदालतको आदेशको पूर्ण पाठ हेरेपछि मात्र भन्न सकिने बताए ।