४२.२६ अंकले बढ्यो नेप्से

न्युजलय ७ माघ २०८२, मङ्गलबार ०९:२९ मा प्रकाशित

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ४२.२६ अंकले बढेर २७१४.८१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३३९ कम्पनीको २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ८५ करोडमाथिको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको ४० करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।