१९औँ एसियाली खेलकुद: महिला भलिबलमा नेपालको सान्त्वना जित

न्युजलय २० असोज २०८०, शनिवार ०७:२९ मा प्रकाशित

काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा मङ्गोलियालाई ३–२ सेटले पराजित गर्दै नेपालले महिला भलिबलमा सान्त्वना जित हासिल गरेको छ । 


१३ मुलुक सहभागी प्रतियोगितमा जितसँगै नेपाल  ११ औँ स्थानमा रहन सफल भएको हो । 


आजको खेलमा पहिलो सेट मङ्गोलियाले २५–१७ अङ्कले जित्यो । दोस्रो सेटमा भने नेपाल २५–१८ अङ्कले विजयी भयो । तेस्रो सेटमा पनि नेपाल २५–२१ अङ्कले विजयी बन्यो । चौथो सेटमा मङ्गोलियाले नेपाललाई २५–१८ अङ्कले उछिन्यो । अन्तिम सेटमा नेपाल १५–१२ अङ्कले विजयी बन्यो ।