बढ्यो सुनचाँदीको मूल्य

न्युजलय २८ मङ्सिर २०७८, मङ्गलबार ११:५६ मा प्रकाशित

 काठमाण्डौ । मंगलबार(आज) सुनको भाउ बढेको छ ।

आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

छापावाला सुन आज प्रतितोला ९२ हजार ८०० रुपैयाँ र ‘तेजाबी सुन ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

हिजो सोमबार सुनको भाउ स्थिर रहेको थियो। आज चाँदीको भाउ तोलामै २० रुपैयाँ बढेर १ हजार २१० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार १९० रुपैयाँमा किनबेच भएको थियो।