जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

न्युजलय २९ माघ २०८०, सोमबार ११:२७ मा प्रकाशित

रौतहट । बारा स्थित जंगली हात्तीको आक्रमण बाट एक जना पुरुषको मृत्यु भएको छ।​

जंगली हात्तीको आक्रमणबाट कोल्हबी नगरपालिका –९ अडेम्बा बिर्ता घर भएका अन्दाजी ५०–५५ बर्षको पारस खा थारूको  मृत्यु भएको प्रहरीले जनाएको छ।​

आइतबार भैँसीको पाडा किन्न टाङगिया बस्ती गएर साँझ घर फर्किने क्रममा टाङिया बस्ती र सखुअवा टोलको बीचमा पर्ने जङ्गलमा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको थियो।​

मृतक थारुको शव पोष्टमार्टमको लागी राती नै प्रादेशिक अस्पताल कलैया पठाइएको ईलाका प्रहरी कार्यालय कोल्हबिले जनाएको छछ ।