बालिका बलात्कारको आरोपमा झापाबाट एक जना पक्राउ

न्युजलय १५ कार्तिक २०७८, सोमबार ०३:३२ मा प्रकाशित

झापा । ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापाबाट एक जना पक्राउ परेका छन् । 

झापाको मेचीनगर नगरपालिका–११ आरती टोल बस्ने ५५ वर्षीय देवी बहादुर कुँवरलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय धुलाबारीले जानकारी दिएको छ ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।