२०७८ साल कार्तिक ७ गते अाईतबार

विवादित बनेपछि उद्योगमन्त्री हमालले राजिनामा दिने

न्युजलय २४ असोज २०७८, अाईतबार ०९:२७ मा प्रकाशित

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन् । हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताए ।  

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा घोषणा गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा स्वीकृत गराउन बाध्य पार्न आफूले मिडियामा राजीनामा दिन लागेको जानकारी गराएको उनको भनाइ छ । 

उनले भने, कसलाई नभनी राजीनामा दिए शेरबहादुर देउवाले राजीनामा स्वीकृत गर्नुहुन्न । मैले पत्रपत्रिकामा भनेपछि उहाँलाई स्वीकृत गर्न बाध्यता हुन्छ ।