एनपीएलः विराटनगर किंग्स र चितवन राइनोज भिड्दै

न्युजलय ११ मङ्सिर २०८२, बुधबार ०९:३६ मा प्रकाशित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को बुधबारको खेलमा विराटनगर किंग्स र चितवन राइनोज भिड्दै छन् । टीयू क्रिकेट मैदानमा टस जितेर विराटनगरले चितवनलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

विराटनगरको सुरुआती ११ मा प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, सन्दीप लामिछाने, सूर्य तामाङ, नरेन भट्ट, नारायण जोशी, शुभम् रन्जने, जर्ज मुन्सी, साम ह्याजलेट र मर्जेन्ट डी ल्यान्ड रहेका छन् ।

यस्तै चितवन टिममा कुशल मल्ल, रञ्जित कुमार, देव खनाल, अर्जुन साउद, अमरसिंह रौतेला, दीपक बोहरा, कमलसिंह ऐरी, डेविड मलान, रवि वोपारा, सेफ जैब र सोहेल तनवीर परेका छन् ।