नेप्सेमा सामान्य अंकको गिरावट

न्युजलय २२ साउन २०८२, बुधबार ०९:५९ मा प्रकाशित

काठमाडौं । बजार परिसूचक नेप्सेमा बुधबार सामान्य अंकको गिरावट आएको छ । 

नेप्से आज १.९४ अंकले घटेर २,८३२.०६ विन्दुमा कायम भएको हो । सेन्सेटिभ इण्डेक्स ०.८९ अंक, फ्लोट इण्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले घटेको छ।

बुधबार कारोबार रकममा पनि भारी गिरावट आएको छ । मंगलबार ९ अर्ब ३३ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३२० स्टकको ९३ हजार १८५ पटकको कारोबारमा ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार रुपैयाँबराबरको २ करोड १६ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।