कोरोना संक्रमणबाट नेपालमा एक जनाको मृत्यु

न्युजलय २२ पुस २०७९, शुक्रबार ०७:४३ मा प्रकाशित

काठमाडौं । कोभिड–१९ सङ्क्रमणबाट शुक्रवार काठमाडौंस्थिति वीर अस्पतालमा एक ५७ वर्षीय पुरुषको मृत्यु भएको छ। यो मृत्युसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १२ हजार २० पुगेको छ। उक्त मृत्यु अस्पतालले पुष्टी गरेको छ। 

शुक्रवारसम्म नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ। शुक्रवार जम्मा ७ सय ८३ को नमुना परीक्षण गर्दा २ जनामा सङ्क्रमण फेला परेको छ। यसै गरी ३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। 

छिमेकी देश चीन र भारतमा संक्रमितको संख्या बढेसँगै नेपाल सरकारले पनि सचेत हुन आव्हान गरेको छ। भारतसँग जोडिएका नाकाहरूमा सतर्कता अपनाइएको छ।