ललितपुरमा ग्यास सिलिण्डर विष्फोट, चार जनाको मृत्यु

न्युजलय २० कार्तिक २०७८, शनिवार ०२:१६ मा प्रकाशित

ललितपुर । ललितपुरको मंगलबजारमा ग्यास सिलिण्डर विष्फोट भएको छ । 

विष्फोटमा परी कम्तिमा चार जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । भान्सामा ग्यास विष्फोट हुँदा अरु दुई जना घाईते भएका छन् ।

घटनाको विस्तृत विवरण आइसकेको छैन ।