काठमाडौँ । शुक्रबार(आज) सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएकोमा आज २०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको हो ।
आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार १९० रुपैयाँ कायम भएको छ । बिहीबार पनि चाँदीको सोही मूल्य कायम भएको थियो ।